गृहमन्त्री रवि लामिछानेलाई नैतिकता प्रदर्शन गर्न सांसद थापाकाे आग्रह
विपक्षीमा हुँदा होस् या सञ्चारकर्मी हुँदा लामिछानेले नैतिकताको धेरै प्रश्न उठाएकाले अहिले आफूले पनि त्यस्तै नैतिकता देखाउनुपर्नेमा उनले जाेड दिए।
काठमाडौं, चैत ७ : नेपाली कांग्रेसका सांसद राजु थापाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई नैतिकता प्रदर्शन गर्न आग्रह गरेका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले त्यस्ताे आग्रह गरेका हुन्।
विपक्षीमा हुँदा होस् या सञ्चारकर्मी हुँदा लामिछानेले नैतिकताको धेरै प्रश्न उठाएकाले अहिले आफूले पनि त्यस्तै नैतिकता देखाउनुपर्नेमा उनले जाेड दिए।
'उहाँले नैतिकताको कुरा धेरै उठान गर्नुभएको छ। यो प्रश्न अहिले उहाँतिरै तेर्सिएको छ,' उनले भने, 'कांग्रेसले यो कुरा कुनै राजनीतिक प्रतिशोधको कारणले उठाएको होइन। हामीले हजारौँ सहकारी पीडितहरूको समस्या उठाएका हौँ। त्यसकारण उहाँलाई नैतिकता प्रदर्शन गरेर नैतिकवान बन्न आग्रह गर्छु।'
प्रकाशित मिति: १३:१९ बजे, बुधबार, चैत ७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार