राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समिति सदस्यमा सात जना मनोनयन
राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले सात जनाको नाम मनोनयन गर्न प्रस्ताव गरेका थिए।
काठमाडौं, चैत ७ : राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समिति सदस्यमा सात जनालाई मनोनयन गरिएकाे छ।
राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले सात जनाको नाम मनोनयन गर्न प्रस्ताव गरेका थिए। राजनीतिक दलहरूको सुझावका आधारमा मनाेनययनका लागि प्रस्ताव गरिएका सबैजनालाई बैठकले स्वीकृत गरेकाे हाे।
मनोनयनमा परेका सदस्य आनन्दप्रसाद ढुंगाना, गोपीबहादुर सार्की (अछामी), तुलप्रसाद विश्वकर्मा, भगवती न्यौपाने, मदनकुमारी साह, मोहम्मद खालिद, शेखरकुमार सिंह हुन् ।
प्रकाशित मिति: १३:०० बजे, बुधबार, चैत ७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












