Kathmandu Press

गृहमन्त्रीमाथि छानबिनका लागि संसदीय समिति गठन गर्न कांग्रेसकाे माग

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेस सांसद ईश्वरीदेवी न्यौपानेले मन्त्री लामिछानेले सहकारीको रकम हिनामिना गरेको प्रमाण नभएको भनी प्रधानमन्त्रीले राखेको भनाइ गलत भएको बताउँदै प्रशस्त प्रमाण रहेकाले छिनोफानो गर्न समिति गठन गर्नुपर्नेमा जोड दिएकी हुन्।
गृहमन्त्रीमाथि छानबिनका लागि संसदीय समिति गठन गर्न कांग्रेसकाे माग

काठमाडौं, चैत ७ : नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न आगामी बैठकसम्म संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेस सांसद ईश्वरीदेवी न्यौपानेले मन्त्री लामिछानेले सहकारीको रकम हिनामिना गरेको प्रमाण नभएको भनी प्रधानमन्त्रीले राखेको भनाइ गलत भएको बताउँदै प्रशस्त प्रमाण रहेकाले छिनोफानो गर्न समिति गठन गर्नुपर्नेमा जोड दिएकी हुन्।

Hardik ivf

समिति गठन नगरे आगामी संसद बैठक अवरुद्ध पार्ने संकेत उनले गरिन्। आगामी बैठकसम्म सरकार समिति गठन गर्न तयार नभए सत्तापक्षले सदन अवरोध गरेको हुने ठहरिने उनकाे भनाइ थियाे। ‘आउँदो सदनमा सरकार पक्षले समिति बनाउन मानेन भने यो सदन हामीले होइन, उहाँहरुलाई चाहिएको रहेनछ, उहाँहरुलाई जनताको काम चाहिएको छैन भन्ने बुझ्ने छौं।’

सांसद न्यौपानेले गृहमन्त्री लामिछानेले 'प्रतिपक्षले चार वर्ष सदन अवरुद्ध गरोस्, सरकार चलाइरहन्छाैं' भनी दिएकाे अभिव्यक्तिप्रति आपत्ति पनि जनाइन्।

'कसरी चल्छ सत्ता भनेर गृहमन्त्रीले बाहिर बोल्नुभएको छ। प्रतिपक्षले संसद् बन्द गरेपछि सरकार चल्छ? त्यो कदापि हुन सक्दैन। सरकारको उपप्रधान तथा गृहमन्त्रीको गैर जिम्मेवार पूर्ण भनाइ राख्नुभयो। त्यो पनि जनता र देशसँग सम्बन्धित बजेटको छलफलको बेलामा । सदन उहाँलाई चाहिएको छैन होला हामीलाई चाहिएको छ,' उनले भनिन्, 'बजेटको छलफलको विषयमा हामी तयार छौँ। अवरोध गर्दैनौँ। छानबिन समिति गठन गर्न किन डराउनुपर्‍यो? हिजो यही हाउसमा समिति गठन गरेको होइन। उहाँको विषयमा समिति गठन गर्न माग गर्दा नहुने? के उहाँ स्वर्गबाट आएको हो? हामी सबै यही जन्मेका हौँ। झन् शंका उब्जेको छ।'

प्रकाशित मिति: १२:३९ बजे, बुधबार, चैत ७, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्