Kathmandu Press

होली पर्व : अनावश्यक तडकभडक नर्गन् काठमाडौं जिल्ला प्रशासनको अनुरोध

ऐतिहासिक महत्व बोकेको सांस्कृतिक गौरवको पर्व होली सामाजिक सद्भाव र भाइचारा कायम गर्दै मनाउन पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंले आग्रह गरेको हो । 
होली पर्व : अनावश्यक तडकभडक नर्गन् काठमाडौं जिल्ला प्रशासनको अनुरोध

काठमाडौं, चैत ७ : जिल्ला प्रशासन कार्यालय काठमाडौंले होली पर्व मनाउँदा अनावश्यक तडकभडक र सार्वजनिक स्थानमा हो हल्ला नगर्न आग्रह गरेको छ।  

ऐतिहासिक महत्व बोकेको सांस्कृतिक गौरवको पर्व होली सामाजिक सद्भाव र भाइचारा कायम गर्दै मनाउन पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंले आग्रह गरेको हो । 

Hardik ivf

‘होली पर्व मनाउने नाममा अनावश्यक तडकभडक सहितका विभिन्न खर्चिला भड्किला कार्यक्रमहरू हुने गरेको पाइएको छ। चाडपर्वहरूको यस अवसरमा शान्ति सुरक्षामा असर पर्नेगरी सार्वजनिक स्थानमा होहल्ला एवम् झैझगडा नगर्न आग्रह छ,’ जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गर्दै भनेको छ, ‘मादक पदार्थको सेवन गरी पारिवारिक एवं सामाजिक जनजीवन तथा सार्वजनिक मर्यादा र शान्ति खलल गर्ने, कसैको इच्छा विपरीत रंग एवं पानीको लोला हान्ने, पानीको फोहोरा हान्ने, जबरजस्ती रङ दल्ने, अति उत्तेजित भई भागदौड गर्दा दुर्घटनामा परी ज्यान समेत जानसक्ने हुँदा यस्ता अमर्यादित कार्य नगर्न नगराउन अनुरोध छ।’

कसैले अमर्यादित, उच्छृंखल, अवाञ्छित एवं गैरकानुनी क्रियाकलाप गरेमा कानुन बमोजिम कारबाही हुने चेतावनी दिइएको छ।   पहाडी जिल्लामा ११ र तराईका जिल्लामा १२ गते होली मनाइँदैछ। 

प्रकाशित मिति: ०८:१७ बजे, बुधबार, चैत ७, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्