Kathmandu Press

कोशी, मधेश र बागमतीको केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना

आज कोशी र मधेश प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ भने कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा छिटपुटदेखि हल्का हिमपात भइरहेको छ । 
कोशी, मधेश र बागमतीको केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं, चैत ७ : पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभावका कारण आज देशभरको मौसममा आंशिकदेखि साधारणतया बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

आज कोशी र मधेश प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ भने कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा छिटपुटदेखि हल्का हिमपात भइरहेको छ । 

Hardik ivf

दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ । त्यस्तै, कोशी, मधेस र बागमती प्रदेशको थोरै स्थानहरूमा चट्याङ्गसहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ । 

बेलुका पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही थोरै ठाउँहरुमा चट्याङसहितको वर्षा हुन सक्ने विभागले जनाएको छ । 

प्रकाशित मिति: ०७:५७ बजे, बुधबार, चैत ७, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्