Kathmandu Press

खेलकुदमन्त्री भन्छन्– ‘खेलकुदको बजेट झिंगाको टाउको जति’

उनले अवसर र चुनौती भन्ने कुरा सँगसँगै आउने विषय भएको भन्दै नीतिभित्र बसेर गर्न सक्ने कामको सुरुवात गरेको पनि बताए।
खेलकुदमन्त्री भन्छन्– ‘खेलकुदको बजेट झिंगाको टाउको जति’

काठमाडौं, चैत ६ : युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलकुद क्षेत्रमा सीमित स्रोत साधनका बीचमा काम गर्नुपर्ने चुनौती रहेको बताएका छन्।

काठमाडौंमा मंगलबार आयोजित एक अन्तरक्रियामा उनले मन्त्रालयमा बजेट थोरै भएको भन्दै यस्तो अवस्थामा पनि एकीकृत भएर लागे सफल हुन सकिने साबित गर्ने प्रयासमा रहेको बताए।

Hardik ivf

‘खेलकुद मन्त्रालयको बजेट झिंगाको टाउको जति छ, त्यसमा पनि जम्मा ४ प्रतिशत प्रशासनिक खर्चमा मात्र मन्त्रालयले चलाउनुपर्छ । तर, मलाई के कुरा साबित गर्न मन लागेको छ भने एकीकृत भएर लाग्ने हो भने काम गर्न सकिन्छ,’ उनले भने, ‘स्रोत साधनको विषयमा नेपालमा सबैले गुनासो गरि नै रहेका हुन्छन्, मलाई त्यसलाई पनि एकपटक चुनौती दिन मन लागेको छ।’

यस्तै, उनले अवसर र चुनौती भन्ने कुरा सँगसँगै आउने विषय भएको भन्दै नीतिभित्र बसेर गर्न सक्ने कामको सुरुवात गरेको पनि बताए।

‘अवसर र चुनौती भन्ने कुरा सँगसँगै हुने रहेछ, यसमा काम गर्दै जाँदा कति नीतिगत कुराहरु बुझेर खाडलहरु पुर्नुपर्ने छ, यसको साथै बेतिथिको कमी छैन। तर, केही प्रयासहरु गर्ने हो भने परिवर्तनहरु आउने रहेछ । यही नीतिभित्र बसेर गर्न सक्ने कामबाट सुरुवात गरेको छु,’ मन्त्री श्रेष्ठले भने।

खेल क्षेत्रप्रतिको घट्दो प्रभावलाई सुधार गर्ने प्रयासमा रहेको भन्दै त्यसमा युवा सहभागी र नवीनतम सोचको आवश्यकता भएको भनाइ पनि उनले राखे।

प्रकाशित मिति: १९:३८ बजे, मंगलबार, चैत ६, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्