Kathmandu Press

अनशनरत सहकारी पीडितको जीवन रक्षा गर्न आयोगको आग्रह

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुशलव केसी अनशनमा बसेका छन्। प्रहरीको कुटपीटबाट घाइते भएका केसी १ चैतदेखि अनशनमा बसेका हुन्।
अनशनरत सहकारी पीडितको जीवन रक्षा गर्न आयोगको आग्रह

काठमाडौं, चैत ६ : अनशनरत सहकारी पीडितको जीवन रक्षा गर्न राष्ट्रिय मानव अधिकार आयोगले सरकारसँग आग्रह गरेको छ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुशलव केसी अनशनमा बसेका छन्। प्रहरीको कुटपीटबाट घाइते भएका केसी १ चैतदेखि अनशनमा बसेका हुन्।

Hardik ivf

आयोगले अनशनरत केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको बताउँदै जीवन रक्षाका लागि आग्रह गरेको हो। आयोगले मंगलबार एक विज्ञप्ति जारी गर्दै केसीको स्वास्थ्य अवस्थाप्रति संवेदनशील हुन र वार्ताको माध्यमबाट पीडितको माग सम्बोधन गर्न ध्यानाकर्षण गराएको छ। 

काठमाडौंमा गत चैत १ गते गरेको प्रदर्शनका क्रममा प्रहरीले बल प्रयोग गरी घाइते तुल्याएको बताउँदै सहकारी पीडित बचतकताहरूले आयोगमा उजुरीसमेत दिएका छन्। आयोगद्वारा जारी विज्ञप्तिमा शान्तिपूर्ण प्रदर्शन तथा सभा सम्मेलन गर्न पाउने नागरिक अधिकारको रक्षा गर्न आग्रहसमेत गरिएको छ।
 
प्रकाशित मिति: १७:५३ बजे, मंगलबार, चैत ६, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्