Kathmandu Press

चैत १७ र १८ गते चितवनमा प्रथम प्रादेशिक महिला नेतृत्व कृषि सम्मेलन हुने

उद्योग परिसंघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, भरतपुर महानगरपालिका, चितवन उद्योग संघसँगको सहकार्यमा सम्मेलन आयोजना गर्न लागिएको जनाएको हो।
चैत १७ र १८ गते चितवनमा प्रथम प्रादेशिक महिला नेतृत्व कृषि सम्मेलन हुने

काठमाडाैं, चैत ६ : नेपाल उद्योग परिसंघअन्तर्गतको महिला नेतृत्व फोरमको आयोजनामा प्रथम प्रादेशिक महिला नेतृत्व कृषि सम्मेलन २०२४ चैत १७ र १८ गते चितवनमा हुने भएको छ।

उद्योग परिसंघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, भरतपुर महानगरपालिका, चितवन उद्योग संघसँगको सहकार्यमा सम्मेलन आयोजना गर्न लागिएको जनाएको हो।

Hardik ivf

कृषिको रूपान्तरणकारी भविष्य : कृषिमा आधारित व्यवसायमा नवप्रवर्धन, दिगोपन र उद्यमशीलता मुल नाराका साथ आयोजना हुन गइरहेको कृषि सम्मेलनको मुख्य उद्देश्य कृषिमा महिला उद्यमशीलताको प्रवद्र्धन गर्नु रहेको आयोजकले जनाएको छ।

सम्मेलनमा कृषिमा नवप्रवर्धन, दिगोपन र उद्यमशीलतामा महिलाको सहभागिता तथा नेतृत्वका विषयमा छलफल हुने जनाइएको छ। त्यस्तै कृषि यान्त्रीकरण, नेपालको माटो सुहाउँदो कृषि विकास, दीगो कृषि विकासका लागि कृषक महिलाका सवाल, महिलाको कृषिमा संलग्लताको सम्मान र उद्ममशीलताका लागि लिइनुपर्ने आवश्यक कदमका विषयमा गहन छलफल हुने परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले बताए।

सम्मेलन पछि कृषिका विद्यमान समस्या, चुनौती तथा अवसर पहिल्याउँदै कृषि क्षेत्रमा महिला कृषकहरुलाई अगाडि बढाउन लिइनुपर्ने नीतिगत व्यवस्थाका विषयमा नेपाल सरकारलाई सुझावहरु पेश गरिने महिला नेतृत्व फोरम सभापति छायाँ शर्माले जानकारी दिए। सम्मेलनअन्तर्गत चितवन भरतपुरस्थित प्रदर्शनी केन्द्रमा महिला कृषि उद्यमीका उत्पादन तथा कृषिसँग सम्बन्धित प्रविधिहरुको प्रदर्शनी समेत गरिने बताइएको छ। 

प्रकाशित मिति: १७:३६ बजे, मंगलबार, चैत ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्