Kathmandu Press

प्रस्ताव पारित गर्न गणपूरक संख्या नपुगेपछि १५ मिनेटका लागि प्रतिनिधिसभा बैठक स्थगित

कुल सांसद संख्याको एक चौथाई अर्थात् ६९ सांसदको उपस्थिति हुनुपर्नेमा ६६ जनाको मात्र उपस्थिति पाइएपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि प्रतिनिधिसभा बैठक स्थगित गरेका हुन्।  
प्रस्ताव पारित गर्न गणपूरक संख्या नपुगेपछि १५ मिनेटका लागि प्रतिनिधिसभा बैठक स्थगित
Hardik ivf

काठमाडाैं, चैत ६ : ‘भन्सार विधेयक २०८०’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पारित गर्न सांसदहरुको गणपूरक संख्या अपुग भएपछि १५ मिनेटका लागि प्रतिनिधिसभा बैठक स्थगित गरिएको छ।

प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री पुनले उक्त प्रस्ताव पेस गरेका थिए। प्रस्तावमाथि सांसदहरुले उठाएका प्रश्नमाथि मन्त्री पुनले जवाफदिएपछि त्यसलाई पारित गर्ने कmममा सांसद देव प्रसाद तिमल्सिनाले गणपूरक संख्याबारे प्रश्न उठाएका थिए। 

कुल सांसद संख्याको एक चौथाई अर्थात् ६९ सांसदको उपस्थिति हुनुपर्नेमा ६६ जनाको मात्र उपस्थिति पाइएपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि प्रतिनिधिसभा बैठक स्थगित गरेका हुन्।  

प्रकाशित मिति: १७:०८ बजे, मंगलबार, चैत ६, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्