Kathmandu Press

सत्तारूढ दलहरूको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प सार्वजनिक

न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प तय गर्न बनेको कार्यदलका संयाेजक विष्णु पौडेलले मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलन गरेर त्यसलाई सार्वजनिक गरिरहेका छन्। 
सत्तारूढ दलहरूको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प सार्वजनिक

काठमाडौं, चैत ६ : सत्तारूढ ५ राजनीतिक दलको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प सार्वजनिक भएको छ।

न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प तय गर्न बनेको कार्यदलका संयाेजक विष्णु पौडेलले मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलन गरेर त्यसलाई सार्वजनिक गरिरहेका छन्। 

Hardik ivf

न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प तय गर्न पाैडेलकाे संयाेजकत्वमा १० सदस्यीय कार्यदल बनाइएकाे थियाे। उक्त कार्यदलले शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सहित ५ राजनीतिक दल शीर्ष नेताहरूलाई साझा संकल्पको मस्यौदा बुझाएकाे थियो । मस्यौदालाई अन्तिम रूप दिएर संकल्प प्रस्ताव सार्वजनिक गरिएको हाे।

संकल्प प्रस्तावमा राजनीतिक स्थायित्व, विकास र सामाजिक न्याससहित आर्थिक समृद्धिमा जोड दिइएको छ।फागुन २१ गतेबाट औपचारिक रूपमा पाँच दलीय गठबन्धन बनेपछि न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प अगाडि सारिएकाे हाे।

कार्यक्रममा पाँच राजनीतिक दलका शीर्ष नेताहरू प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव उपस्थित थिए।

प्रकाशित मिति: १६:५७ बजे, मंगलबार, चैत ६, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्