Kathmandu Press

मनभित्र नराम्रो कुरा पालेर समाजसेवा गर्न सकिँदैन : उपसभामुख

मनभित्र नराम्रो कुरा पालेर समाजसेवा गर्न सकिँदैन : उपसभामुख

काठमाडौँ, चैत ६ : उपसभामुख इन्दिरा रानामगरले मनभित्र नराम्रो कुरा पालेर समाजसेवा गर्न नसकिने बताएकी छन्।

विश्व सामाजिक सेवा दिवसका अवसरमा जिपी कोइराला मेरोरियल क्याम्पसको स्नातक तह समाज कार्य विभागद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले मनभित्र नराम्रो कुरा पालेर समाजसेवा गर्न नसकिने बताएकी हुन्। 'मैले सामाजिक सेवामा लागेको ३४ वर्ष भयो, आफँै बाँच्न गाह्रो हुने समयमा ट्युसन पढाएर बन्दीको सेवा गरेर सामाजिक सेवामा लागेको हुँ, सामाजिक सेवा भनेको राजनीति पनि हो, कर्तव्य पनि हो,' उनले भनिन्। नाम कमाउन मात्रै सामाजिक सेवामा लाग्दा बीचमै हराइने उनको भनाइ छ ।

Hardik ivf

उपसभामुख रानामगरले हरेक धर्ममा सामाजिक सेवाभाव र अनुशासनको मार्गनिर्देशन हुने गरेकाले त्यो कडा अनुशासनलाई पालना गरेर सामाजिक भावमा लाग्नुपर्ने उल्लेख गरिन्। ;कृष्णप्रसाद भट्टराई, सिके प्रसाइँ, निर्मल लामाले आफ्ना लागि कहिल्यै सोच्नु भएन, हामीहरु पनि निःस्वार्थ रुपमा सामाजिक कार्यमा लाग्न सक्नुपर्छ', उनले भनिन्। 

बागमती  प्रदेशसभा सदस्य मीना पोखरेल पराजुलीले दक्ष जनशक्ति, समाजसेवी व्यक्तित्वको सामाजिक परिचयलाई उजागर गर्दै नेपालमै रहने वातावरण तयार गर्न सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका हुने बताइन्।रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले देशको विकासका लागि आपसी मनमुटावलाई थाती राख्दै सबै दल मिलेर सहमति, सहकार्य र एकताको भावनाबाट क्रियाशील भएर लाग्नुपर्ने बताए।

जिपी कोइराला मेरोरियल क्याम्पसका प्रमुख शिवप्रसाद अधिकारीले नेपालको राजनीतिमा अग्रगामी भूमिका निर्वाह गर्ने शान्ति प्रक्रियाका नायक गिरिजाप्रसाद कोइरालाको नाममा स्थापित क्याम्पसले छोटो समयमा दक्ष जनशक्ति निर्माण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए।

 

प्रकाशित मिति: १६:३८ बजे, मंगलबार, चैत ६, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्