Kathmandu Press

इजाजत दिइएका हतियारको विवरण २४ घन्टाभित्र उपलब्ध गराउन गृहकाे निर्देशन

सर्वोच्च अदालतबाट इजाजत लिइएको हतियारसहित दुई व्यक्ति पक्राउ परेकाे भाेलिपल्ट गृह मन्त्रालयले हालसम्म इजाजत दिइएका हतियारको विवरण पठाउन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो।
इजाजत दिइएका हतियारको विवरण २४ घन्टाभित्र उपलब्ध गराउन गृहकाे निर्देशन
Hardik ivf

काठमाडौं, चैत ६ : गृह मन्त्रालयले इजाजत दिइएका हतियारको विवरण २४ घन्टाभित्र उपलब्ध गराउन आज मातहतका निकायलाई निर्देशन दिएको छ। 

सर्वोच्च अदालतबाट इजाजत लिइएको हतियारसहित दुई व्यक्ति पक्राउ परेकाे भाेलिपल्ट गृह मन्त्रालयले हालसम्म इजाजत दिइएका हतियारको विवरण पठाउन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो। हतियार तथा खरखजना ऐन २०१९ ले स्थानीय प्रशासनसँग स्वीकृति लिएर हतियार राख्न पाउने प्रबन्ध गरेअनुसार मन्त्रालयले हालसम्मको इजाजत विवरण पठाउन भनेकाे हाे।

‘हालसम्म हातहतियार तथा खरखजनाको इजाजतपत्र जारी गरिएका व्यक्ति, प्रयोजन, प्रकार तथा सङ्ख्यासहित नवीकरण भएरनभएको विवरण, त्यस्ता हातहतियार इजाजत विपरीत प्रयोग भएरनभएको विवरण र विना इजाजत प्रयोग गरिएको, नवीकरण नगरिएको र उद्देश्य विपरीत प्रयोग गरिएका कारण त्यस्ता हतियार बरामद गरिएको सो समेत खुलाई पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र उपलब्ध गराइदिनुहुन आदेशअनुसार अनुरोध छ,’ गृहकाे पत्रमा उल्लेख छ।

प्रकाशित मिति: १६:०८ बजे, मंगलबार, चैत ६, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्