Kathmandu Press

गृहमन्त्रीबारे प्रधानमन्त्रीको जवाफ झुटो : डा. शेखर कोइराला

मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीको जिज्ञासामा कोइरालाले संसदमा प्रधानमन्त्रीले गृहमन्त्रीका बिषयमा झुटो बोलेको बताएका हुन्।
गृहमन्त्रीबारे प्रधानमन्त्रीको जवाफ झुटो : डा. शेखर कोइराला

काठमाडाैं, चैत ६ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्रीका बारेमा प्रधानमन्त्रीको जवाफ झुटो भएको बताएका छन्।

मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीको जिज्ञासामा कोइरालाले संसदमा प्रधानमन्त्रीले गृहमन्त्रीका बिषयमा झुटो बोलेको बताएका हुन्।

Hardik ivf

उनले आफुमाथि प्रश्नचिन्ह खडा भएपनि गृहमन्त्रीले नैतिकताका आधारमा नै राजीनामा दिनुपर्ने धारणा राखे। कोइरालाले छानबिन समितिको मागमा कांग्रेस अडिग रहेको समेत बताए।

त्यस्तै एमाले प्रमुख सचेतक महेश बर्तौलाले लामो इतिहास बोकेको कांग्रेसले संसदमा देखाएका प्रस्तुती आलोकाचो रहेको भन्दै यसले संसदको मूल्यमान्यतालाई जिवन्त तुल्याउन नसक्ने बताए। उनले संसदीय छानबिन समितिको माग राजनीतिक पूर्वाग्रह र सरकारभन्दा बाहिर रहनुको छट्पटहाटमात्रै रहेको उल्लेख गरे। कांग्रेसले आफ्नो प्रस्तुतीलाई सच्याउँदै सरकारलाई काम गर्न दिने वातावरण बनाउनुपर्ने उहाँको भनाइ छ।

त्यस्तै माओवादी केन्द्रका नेता जनार्दन शर्माले गृहमन्त्रीका बारेमा प्रधानमन्त्रीले जवाफ दिइसकेको भन्दै यस बिषयमा कांग्रेस सहमतिमा आउने दाबी गरे। प्रतिपक्षीको थप कार्यक्रम नबुझीकन केहि भन्न नसिकने भन्दै उनले यस घटनाले नयाँ मोड लिन सक्ने बताए। 

प्रकाशित मिति: १५:५५ बजे, मंगलबार, चैत ६, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्