Kathmandu Press

सरकारी निवासमा आगजनी गरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृत पक्राउ

गत २४ फागुनको राति दार्चुलाको मार्मा गाउँपालिका कार्यालयमा आगजनी हुँदा सबै कागजात जलेर नष्ट भएका थिए।
सरकारी निवासमा आगजनी गरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृत पक्राउ

काठमाडौं, चैत ६ : आफू बस्ने गाउँपालिकाको सरकारी निवासमा आफैंले आगजनी गरेको आरोपसहित दार्चुलाको मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारी पक्राउ परेका छन्। 

गत २४ फागुनको राति दार्चुलाको मार्मा गाउँपालिका कार्यालयमा आगजनी हुँदा सबै कागजात जलेर नष्ट भएका थिए। प्रमुख प्रशासकीय अधिकृत अधिकारी सुतिरहेको समयमा अज्ञात समूहले आक्रमण र आगजनी गरेको भनिएको थियो।

Hardik ivf

अधिकारी स्वयंले इलाका प्रहरी कार्यालयमा पुगेर उजुरी दिएका थिए। आक्रमण र आगजनीका कारण झ्यालको सिसा फुटेको थियो भने निवास जलेर महत्वपूर्ण कागजात र फर्निचर जलेर नष्ट भएको थियो। प्रहरी अनुसन्धानका क्रममा आगजनीको घटना गराउन कुनै बाह्य व्यक्ति संलग्न नभएको निश्कर्ष निकालिएको थियो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अधिकारी आफैंले घटना गराएर सरकारी सम्पत्तिमा क्षति पुर्याएको दाबीसहित गाउँपालिकाले नै अधिकारीविरुद्ध प्रहरीमा जाहेरी दिएपछि पक्राउ गरिएको हो। अनियमितता लुकाउन अधिकारीले सरकारी निवासमा आगजनी गरेको आशंका गरिएको छ। 
 

प्रकाशित मिति: १५:५० बजे, मंगलबार, चैत ६, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्