गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठनकाे माग अनावश्यक : ओली
मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले छानविन समिति के लागि बन्ने भन्दै सम्भव नै नरहेको बताएका हुन्।
काठमाडौं, चैत ६ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने कांग्रेसको माग अनावश्यक रहेको टिप्पणी गरेका छन्।
मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले छानविन समिति के लागि बन्ने भन्दै सम्भव नै नरहेको बताएका हुन्।
सरकारबाट बाहिर हुनेबितिकै कांग्रेस जस्तो पार्टीले आक्रोश उतेजना देखाएर संसद अवरुद्ध गर्ने काम गरेको उनले बताए। ओलीले कांग्रेसबाट परिवक्क प्रतिपक्षीको भूमिकाको आह्वान गरे।
त्यसअघि संसदमा कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति गठन गर्न माग गरेको थियो।
प्रकाशित मिति: १५:२४ बजे, मंगलबार, चैत ६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












