Kathmandu Press

मीनभवन कलेजका प्राध्यापकको हत्याका योजनाकार सविता थापा १६ वर्षपछि पक्राउ

उक्त घटनामा संलग्न विनोद १० वर्ष जेल बसेर गत वर्ष मात्र छुटेका थिए।
मीनभवन कलेजका प्राध्यापकको हत्याका योजनाकार सविता थापा १६ वर्षपछि पक्राउ
Hardik ivf

काठमाडाैं, चैत ६ : मीनभवन कलेजका प्राध्यापक धर्मराज विष्टको हत्याका योजनाकार सविता थापा अधिकारीलाई १६ वर्षपछि पक्राउ परेकी छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार पत्रकार सम्मेलन गर्दै त्यस्ताे जानकारी दिएकाे हाे।

प्राध्यापक विष्टले जिस्काउने गरेको भन्दै सविताका भाइ विनोद थापासहितको समूहले विष्टलाई निर्घात कुटपिट गरी घाइते बनाएको अवस्थामा २०६४ असार २६ गते ललितपुरको शंखमुलमा फेला परेको र उपचारका क्रममा मृत्यु भएको डिएसपी सुरक्षा केसीले बताइन्। घटना सबिता थापा (अधिकारी) भन्ने सोभिता थापाको योजनामा भएको उनले जानकारी दिइन्।

उक्त घटनामा संलग्न विनोद १० वर्ष जेल बसेर गत वर्ष मात्र छुटेका थिए।

प्रकाशित मिति: १४:५७ बजे, मंगलबार, चैत ६, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्