साथीको हत्या गरी फरार तेजबहादुर राई २१ वर्षपछि पक्राउ
काठमाडौंको मरुढोका इनाटोलस्थित बिनोद शाहीको राँगा काट्ने बधशालाभित्र शाहीको हत्या भएको थियो।---frame-at-0m30s-1710839167.jpg)
काठमाडाैं, चैत ६ : आफ्नै साथीको हत्या गरी फरार रहेका एक जनालाई प्रहरीले २१ वर्षपछि पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार पत्रकार सम्मेलन गर्दै २०५९ साल असोज १४ गते संजय शाहीलाई हत्या गरि फरार रहेका सोलुखुम्बु घर भएका तिखे भन्ने तेज बहादुर राईलाई पक्राउ गरी सार्वजनिक गरेको हो।
काठमाडौंको मरुढोका इनाटोलस्थित बिनोद शाहीको राँगा काट्ने बधशाला भित्र शाहीको हत्या भएको थियो।
फलामको रडले टाउको लगायत शरिरका विभिन्न भागमा प्रहार गरी हत्या पश्चात विष्णुमती खोला किनारमा फाली फरार रहेका राईलाई चैत ५ गते काठमाडौंको कोटेश्वरबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका डिएसपी सुरक्षा केसीले जानकारी दिइन्।
प्रकाशित मिति: १४:५१ बजे, मंगलबार, चैत ६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












