Kathmandu Press

‘स्वास्थ्य बिमा कार्यक्रमलाई राष्ट्रिय गौरवको अभियानका रूपमा घोषणा गर्ने गृहकार्य भइरहेको छ’

प्रतिनिधिसभाको मंगलबार बसेकाे बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै दाहालले त्यस्ताे बताएका हुन्।
‘स्वास्थ्य बिमा कार्यक्रमलाई राष्ट्रिय गौरवको अभियानका रूपमा घोषणा गर्ने गृहकार्य भइरहेको छ’

काठमाडौं, चैत ६ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य बिमा कार्यक्रमलाई राष्ट्रिय गौरवको अभियानका रूपमा घोषणा गर्ने गृहकार्य भइरहेको बताएका छन्। प्रतिनिधिसभाको मंगलबार बसेकाे बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै दाहालले त्यस्ताे बताएका हुन्।

'स्वास्थ्य बीमा परिचयपत्र अनिवार्य गर्ने, वैदेशिक रोजगारीमा जानेहरुको परिवारको अनिवार्य बीमा, आम्दानी अनुसारको प्रिमियमको आधारमा सबै कर्मचारी, शिक्षक, जनप्रतिनिधिको अनिवार्य बीमा गर्नेलगायतका कार्यक्रम अगाडि बढाइनेछ,' उनले भने, ‘सबै प्रकारका स्वास्थ्य सुरक्षाका कार्यक्रमलाई स्वास्थ्य बीमामार्फत एकीकृत गर्ने र स्वास्थ्य बीमालाई राष्ट्रिय गौरवको अभियानको रूपमा घोषणा गर्ने लगायतका विषयमा सरकारले गृहकार्य गरिरहेको छ।’

Hardik ivf

सांसद चन्दा कार्की भण्डारीले स्वास्थ्य बिमा र स्वास्थ्यको मौलिक हकको कार्यान्वयनको विषयमा प्रश्न गरेकी थिइन्। प्रधानमन्त्री दाहालले स्वास्थ्य बिमा कार्यक्रममा देखिएका समस्या समाधान गर्न अनलाइन सदस्यता तथा नवीकरणसँगै बिमा सक्रिय हुने व्यवस्थासहित स्वास्थ्य बीमा नियमावली संशोधनको प्रक्रियामा रहेको स्पष्ट पारे। हालसम्म ३३ दशमलव २ प्रतिशत  घरपरिवार तथा २४ दशमलव ७ प्रतिशत जनसंख्या स्वास्थ्य बीमाको दायरामा आएकाे र ७५१ पालिकासम्म स्वास्थ्य बीमाको पहुँच पुगेको उनले जानकारी दिए।

नागरिकहरूको स्वास्थ्य उपचारका क्रममा हुने वित्तीय जोखिम कम गर्न स्वास्थ्य बीमा बोर्डमार्फत सामाजिक स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा रहेको उल्लेख गरे। प्रधानमन्त्री दाहालले विगत भएका गरिब परिचय पत्रको म्याद थप गर्ने र बाँकी जिल्लामा यसलाई विस्तार गरिने र अभियानमार्फत सरकारले अति गरिब नागरिकको प्रिमियमको व्यवस्था गरी स्वास्थ्य बिमा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

 

 

 

प्रकाशित मिति: १४:१९ बजे, मंगलबार, चैत ६, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्