Kathmandu Press

‘दलित समुदायको संविधानप्रदत्त अधिकारको रक्षामा सरकार अत्यन्तै गम्भीर’

प्रतिनिधिसभाका सांसदहरूको प्रश्नहरूको जवाफ दिँदै उनले उपेक्षित, उत्पिडित, दलित वर्ग उत्थान विकास समिति, वादी विकास समिति र पिछडा वर्ग उत्थान विकास समितिका समस्याका बारेमा सरकार जानकार रहेको बताए।
‘दलित समुदायको संविधानप्रदत्त अधिकारको रक्षामा सरकार अत्यन्तै गम्भीर’

काठमाडौं, चैत ६ : प्रधानमन्त्री पुष्पकमल दाहालले विभेदमा परेका दलितलगायत समुदायको संविधानप्रदत्त अधिकारको रक्षा गर्ने विषयलाई अत्यन्तै गम्भीरताका साथ लिएको बताएका छन्। 

प्रतिनिधिसभाका सांसदहरूको प्रश्नहरूको जवाफ दिँदै उनले उपेक्षित, उत्पिडित, दलित वर्ग उत्थान विकास समिति, वादी विकास समिति र पिछडा वर्ग उत्थान विकास समितिका समस्याका बारेमा सरकार जानकार रहेको बताए।

Hardik ivf

उनले दलित क्षेत्रमा क्रियाशील नागरिक संघसंस्था, नागरिक अगुवा तथा राष्ट्रिय दलित आयोगलगायतका निकायसँगको परामर्शमा दलित विकास प्राधिकरण स्थापना गर्न सरकारले पहल गर्ने पनि जानकारी दिएका छन्। 

उनले रूकुम पश्चिमको चौरजहारी विमानस्थल सञ्चालन गर्न आवश्यक प्रबन्ध गरी सञ्चालन गर्ने व्यवस्था मिलाउन सरकार प्रयत्नशील रहेको बताए।
 
प्रकाशित मिति: १३:४० बजे, मंगलबार, चैत ६, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्