Kathmandu Press

सहकारी अनियमितता प्रकरणमा गृहमन्त्रीको कुनै संलग्नता देखिएकाे छैन : प्रधानमन्त्री

प्रतिनिधिसभाको आजको बैठकमा रवि लामिछानेको बचाउ गर्दै उनले त्यस्तो बताएका हुन्। सहकारी अनियमितता प्रकरणमा गृहमन्त्री लामिछानेमाथि अनुसन्धान गर्नुनपर्ने भनेर प्रहरीले नै ब्रिफिङ गरेको उनले जिकिर गरे।
सहकारी अनियमितता प्रकरणमा गृहमन्त्रीको कुनै संलग्नता देखिएकाे छैन : प्रधानमन्त्री

काठमाडाैं, चैत ६ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूर्यदर्शन सहकारी अनियमितता प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको कुनै संलग्नता नरहेको दाबी गरेका छन्।  

प्रतिनिधिसभाको आजको बैठकमा रवि लामिछानेको बचाउ गर्दै उनले त्यस्तो बताएका हुन्। सहकारी अनियमितता प्रकरणमा गृहमन्त्री लामिछानेमाथि अनुसन्धान गर्नुनपर्ने भनेर प्रहरीले नै ब्रिफिङ गरेको उनले जिकिर गरे।

Hardik ivf

सहकारी प्रकरणमा लामिछानेलाई जोडेर अनावश्यक राजनीतीकरण गर्न खोजिएको आरोप उनले लगाए। प्रधानमन्त्री दाहालले रास्वपा पार्टी फेरि सरकारमा सहभागी हुने चर्चा हुन थालेपछि र सरकारमा सहभागी भएपछि यो विषयलाई संसदको नियमित काम कारवाही प्रभावित हुने गरी उठाउनु जायज छ वा छैन भन्ने कुरा प्रतिपक्षी दलले बुझ्नुपर्ने धारणा राखे।

'हालसम्मको अनुसन्धानले उहाँ सहकारीको सञ्चालक समिति, लेखा समिति, ऋण समिति, कर्मचारीलगायत कुनै पनि जिम्मेवारी र भूमिकामा नरहेको र अदालतमा विचाराधीन मुद्दामा पनि कहीँ कतै जोडिएको देखिएको छैन,' उनले भने।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले उठाएको विषयमा संसदमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले गृहमन्त्रीको बचाउ गरेका हुन्।कांग्रेस सांसदहरूले सहकारी ठगीमा नाम जोडिएका व्यक्तिलाई गृहमन्त्री बनाएको भन्दै विरोध जनाउँदै आएका छन्। 

दाहालले अनुसन्धानबाट कैफियत देखिए कसैले पनि उन्मुक्ति नपाउने स्पष्ट पारे। 'सुशासन कायम गर्ने सवालमा म कुनै पनि सम्झौता गर्दिनँ,' उनले भने, 'यसमा आफ्नो पार्टी र अरुको पार्टी भन्ने आग्रह र पूर्वाग्रह मैले राख्दिनँ।'

सुशासनको संकल्प लिएर आफूले सरकारको नेतृत्व गरेदेखि नै ठूलाठूला भ्रष्टाचार, सुन तस्करी, जग्गा हिनामिना लगायतका काण्डहरूको छानबिन भइरहेकाे उनले बताए ।

 

प्रकाशित मिति: १३:२१ बजे, मंगलबार, चैत ६, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्