Kathmandu Press

माओवादी पदाधिकारी बैठक : महरालाई पार्टी जिम्मेवारीबाट निलम्बन गर्नेबारे छलफल

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको माओवादी पदाधिकारी बैठकमा महरालाई पार्टीको जिम्मेवारीबाट निलम्बन गर्ने विषयमा छलफल भएको हो।
माओवादी पदाधिकारी बैठक : महरालाई पार्टी जिम्मेवारीबाट निलम्बन गर्नेबारे छलफल

काठमाडाैं, चैत ६ : नेकपा माओवादी केन्द्रले सुन तस्करी प्रकरणमा पक्राउ परेका उपाध्यक्ष कृष्ण बहादुर महरालाई जिम्मेवारी निलम्बन गर्ने तयारी गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको माओवादी पदाधिकारी बैठकमा महरालाई पार्टीको जिम्मेवारीबाट निलम्बन गर्ने विषयमा छलफल भएको हो।

Hardik ivf

पदाधिकारी बैठकमा सुन तस्करी प्रकरणमा प्रहरीले सोमबार उपाध्यक्ष महरालाई पक्राउ गरेको विषयमा विभिन्न कोणबाट छलफल भएको र छिटै निष्कर्षमा पुग्ने माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए। उनले नियमित बैठक बसेर एउटा धारणा सार्वजनिक गरिने जानकारी दिए।

बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष प्रचण्डले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग, २०८० को प्रतिवेदन र छानविनका विषयमा जानकारी गराएको प्रवक्ता सापकोटाले बताए।

महरालाई सोमबार विहान कपिलवस्तुबाट पक्राउ गरी काठमाडौँ ल्याइएको थियो। उनलाई  सोमबार नै काठमाडौँ जिल्ला अदालतबाट अनुसन्धानका लागि चार दिन म्याद थप गरिएको छ।

प्रकाशित मिति: १२:५६ बजे, मंगलबार, चैत ६, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्