नेविसंघका १५ नेता–कार्यकर्ता पक्राउ
संघका नेता कार्यकर्ता उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै मंगलबार प्रदर्शनमा उत्रिएका थिए । उनीहरुलाई प्रहरीले निषेधित क्षेत्र तोडेको आरोपमा पक्राउ गरेको हो।---frame-at-1m37s-1710832255.jpg)
काठमाडौं, चैत ६ : नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघका १५ जना नेता कार्यकर्ता सिंहदरबार बाहिरबाट पक्राउ परेका छन्।
संघका नेता कार्यकर्ता उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै मंगलबार प्रदर्शनमा उत्रिएका थिए । उनीहरुलाई प्रहरीले निषेधित क्षेत्र तोडेको आरोपमा पक्राउ गरेको हो।
नेविसंघको आयोजनामा भएको विरोध कार्यक्रममा ‘गृहमन्त्री लामिछानेको नैतिकता खै ?’ ‘दुलोभित्र पसेको हो?’, ‘सहकारी पीडितलाई न्याय खै ?’ लगायतका व्यानर बोकेर सिंहदरबारमा प्रदर्शन गरेका थिए ।
प्रकाशित मिति: १२:५६ बजे, मंगलबार, चैत ६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












