‘सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री लामिछानेकाे राजीनाकाे विकल्प छैन’
मंगलबार प्रतिनिधिसभाको बैठक सुरु हुनेबितिकै कांग्रेसका सांसदहरु आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले सो पार्टीका सांसद दीपक गिरीलाई बोल्न समय दिएका थिए।काठमाडाैं, चैत ६ : उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै प्रतिपक्षी नेपाली कांग्रेसले मंगलबार पनि प्रतिनिधिसभामा विरोध जनाएको छ ।
मंगलबार प्रतिनिधिसभाको बैठक सुरु हुनेबितिकै कांग्रेसका सांसदहरु आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले सो पार्टीका सांसद दीपक गिरीलाई बोल्न समय दिएका थिए।
गिरीले सहकारी प्रकरणमा उजुरी परेका व्यक्तिलाई नै गृहमन्त्री बनाउदा अनुसन्धान प्रभावित हुने भएकाले तत्काल राजीनामा दिनुपर्ने माग गरे। तत्कालिन अवस्थामा लामिछाने संलग्न रहेको गोर्खा मिडिया नेटवर्कले विभिन्न सहकारीबाट ऋण लिएर नतिरेको र सहकारी बचतकर्तालाई ठगी गरेको उनले बताए।
उनले स्वार्थ बाझिने गरि लामिछानेलाई किन गृहमन्त्री बनाउनुपर्यो भनेर प्रश्न गरे। गिरीले अहिलेको अवस्थामा एउटै विकल्प लामिछानेको राजीनामा भएको जिकिर गरे।












