Kathmandu Press

राप्रपा पार्टी कार्यालयमा ठूलो संख्यामा प्रहरी तैनाथ

गत आइतबार कार्यसम्पादन समिति सदस्य ठाकुरमोहन श्रेष्ठमाथि कार्यालयमा कुटपिट भएको थियो।
राप्रपा पार्टी कार्यालयमा ठूलो संख्यामा प्रहरी तैनाथ

काठमाडौं, चैत ६ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यालय धुम्बाराहीमा ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ। दुई पक्षविच झडप हुन सक्ने स्थिति देखिएपछि प्रहरी परिचालन गरिएको हो।

गत आइतबार कार्यसम्पादन समिति सदस्य ठाकुरमोहन श्रेष्ठमाथि कार्यालयमा कुटपिट भएको थियो। श्रेष्ठमाथि राप्रपाका महामन्त्री विक्रम पाण्डे समर्थकहरूले पार्टी कार्यालयभित्रै कुटपिट गरेका थिए।

Hardik ivf

राप्रपा वैठकमा श्रेष्ठले पाण्डेलाई भ्रष्टाचारीको आरोप लगाएपछि पाण्डे समूहले आक्रमण गरेको हो। झडपको अवस्था रोक्न राप्रपा कार्यालय परिषरमा प्रहरीको बाक्लो उपस्थिति बढेके छ।

श्रेष्ठमाथि कुटपिटमा संलग्नताको आरोपमा राप्रपाले यसअघि तीन जनालाई निलम्बन गरिसकेको छ।

प्रकाशित मिति: १२:३९ बजे, मंगलबार, चैत ६, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्