अध्यागमन विभागको महानिर्देशकमा निरौला
त्रिभुवन विमास्थल अध्यागमन कार्यालयमा प्रमुख रहेका गोगनबहादुर हमाललाई राष्ट्रिय विपद जोखिम न्यनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा गरिएको छ।
काठमाडौं, चैत ६ : गृह मन्त्रालयले कोषहरि निरौलालाई अध्यागमन विभागको महानिर्देशकमा सरुवा गरेको छ । तत्कालीन महानिर्देशक रुद्रसिंह तामाङरिुद्ध मुद्दा परेपछि विभागमा महानिर्देशक पद रिक्त थियो।
त्रिभुवन विमास्थल अध्यागमन कार्यालयमा प्रमुख रहेका गोगनबहादुर हमाललाई राष्ट्रिय विपद जोखिम न्यनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा गरिएको छ।
हमालको स्थानमा नरबहादुर थापालाई पठाइएको छ। यस अतिरिक्त ११ वटा जिल्लाहरुमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) को समेत सरुवा गरिएको छ।
यसैगरी विभिन्न विभाग र कार्यालयमाहरु पनि नयाँ जिम्मेवारी तोकेर सरुवाहरु गरिएका छन्।
प्रकाशित मिति: १२:३७ बजे, मंगलबार, चैत ६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार