Kathmandu Press

निसीखोला दुर्घटनाका घाइतेको उपचार गर्न सरकारलाई ओलीको आग्रह

अध्यक्ष ओलीले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै दुर्घटनामा घाइते भएका सबैको छिटो उपचारको प्रबन्ध गर्न सामाजिक सञ्जालमार्फत सरकारलाई आग्रह गरेका हुन्।
निसीखोला दुर्घटनाका घाइतेको उपचार गर्न सरकारलाई ओलीको आग्रह

काठमाडौं, चैत ६ : नेकपा एमालेका अध्यक्ष केपी ओलीले बागलुङमा सोमबार भएको बस दुर्घटनामा परी घाइते भएकाहरुको उपचार गर्न सरकारसँग आग्रह गरेका छन्।

अध्यक्ष ओलीले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै दुर्घटनामा घाइते भएका सबैको छिटो उपचारको प्रबन्ध गर्न सामाजिक सञ्जालमार्फत सरकारलाई आग्रह गरेका हुन्। उनले दुर्घटनामा ज्यान गुमाउने यात्रुप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्।

Hardik ivf

सोमबार अपरान्ह पूर्वीरुकुमबाट काठमाडौंतर्फ आउँदै गरेको बस बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीस्थित दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको थियो भने २८ जना घाइते भएका थिए।

 

प्रकाशित मिति: ११:५१ बजे, मंगलबार, चैत ६, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्