Kathmandu Press

महाधिवेशन तयारीमा जुट्न अध्यक्ष नेपालको निर्देशन

अध्यक्ष नेपालले अन्तरपार्टी निर्देशन जारी गर्दै गत फागुन २१ गते गठबन्धन फेरिएर विकसित नयाँ राजनीतिक घटनाक्रमबाट अन्योलमा नपरी महाधिवेशनमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका हुन्।
महाधिवेशन तयारीमा जुट्न अध्यक्ष नेपालको निर्देशन

काठमाडौं, चैत ६ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आसन्न १०औं राष्ट्रिय महाधिवेशनको तयारीमा जुट्न पार्टी पङ्क्तिलाई निर्देशन दिएका छन्

अध्यक्ष नेपालले अन्तरपार्टी निर्देशन जारी गर्दै गत फागुन २१ गते गठबन्धन फेरिएर विकसित नयाँ राजनीतिक घटनाक्रमबाट अन्योलमा नपरी महाधिवेशनमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका हुन्।

Hardik ivf

जनतामा रहेको निराशालाई सम्बोधन गर्न हामीले प्रयास गर्नुपर्ने बताउँदै उनले भने, ‘हामीले आवश्यक राजनीतिक पहलकदमी लिँदै अगाडि बढ्नुपर्छ। तर कुनै पनि अन्योलमा नपरी पार्टीको मुख्य ध्यान संगठन तथा सदस्यता विस्तार अभियान र महाधिवेशनमा केन्द्रित गर्नुपर्छ।’

बदलिएको परिस्थितिमा पार्टी अर्को गठबन्धनमा रहेको उल्लेख गर्दै उनले भने, ‘मन्त्रीहरूबाट परिणाममुखी काम होउन्, सरकारले राम्रो काम गरोस्।’

पार्टीले आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौंमा गर्न लागेको महाधिवेशनको तयारी सुरु गरेको छ।

प्रकाशित मिति: ११:०६ बजे, मंगलबार, चैत ६, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्