Kathmandu Press

महरा पक्राउपछि बालुवाटारमा माओवादी केन्द्रको पदाधिकारी बैठक

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा जारी बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र नेताहरूको जिम्मेवारी सम्बन्धमा छलफल हुने नेताहरूले बताएका छन्।
महरा पक्राउपछि बालुवाटारमा माओवादी केन्द्रको पदाधिकारी बैठक

काठमाडौं, चैत ६ : सत्तारुढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा जारी बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र नेताहरूको जिम्मेवारी सम्बन्धमा छलफल हुने नेताहरूले बताएका छन्।

Hardik ivf

पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा सोमबार सुन तस्करी प्रकरणमा समातिएपछि अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले नेताहरूसँग त्यसबारे समेत छलफल गर्न लागेका हुन्। त्यसहिसावले पनि आजको बैठकलाई महत्वका साथ हेरिएको छ।

प्रकाशित मिति: १०:४५ बजे, मंगलबार, चैत ६, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्