पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना
हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेकाले मंगलबार कोशी र मधेश प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
काठमाडौं, चैत ६ : आज कोशी र मधेश प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेकाले मंगलबार कोशी र मधेश प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
देशका पहाडी भूभागका एक दुई स्थानमा चट्याङसहित छिटपुटदेखि हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
बेलुका कोशी प्रदेशमा आंशिकदेखि साधरणतया बदली, मधेस प्रदेश सहित देशका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसमविद्हरुले बताएका छन् ।
प्रकाशित मिति: ०८:०८ बजे, मंगलबार, चैत ६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1755255383.jpg)