रुकुमबाट काठमाडौं आउँदै गरेको बस बागलुङमा दुर्घटना, ७ जनाको मृत्यु, २० भन्दाबढी घाइते
रुकुम पूर्वबाट काठमाडौं आउँदै गरेको बस सोमबार साँझ बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा दुर्घटना भएको प्रहरीले जनाएको छ।
बागलुङ, चैत ५ : बागलुङको निसीखोलामा यात्रु बहाक बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ।
रुकुम पूर्वबाट काठमाडौं आउँदै गरेको बस सोमबार साँझ बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा दुर्घटना भएको प्रहरीले जनाएको छ।
सो दुर्घटनामा २० जनाभन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ। ३२ जना यात्रु रहेको बस सडकबाट ३ सय मिटर तल खसेको थियो।
घाइतेको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।
प्रकाशित मिति: १९:४४ बजे, सोमबार, चैत ५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार