काठमाडौंलाई आंशिक ‘लक डाउन’ सरकारको गर्ने तयारी
काठमाडौं, चैत्र ७ : कारोना भाइरसको उच्चजोखिम बढ्न थालेपछि सरकारले काठमाडौं उपत्यकालाई आंशिक ‘लक डाउन’ गर्ने तयारी गरेको छ।
विज्ञ....

काठमाडौं, चैत्र ७ : कारोना भाइरसको उच्चजोखिम बढ्न थालेपछि सरकारले काठमाडौं उपत्यकालाई आंशिक ‘लक डाउन’ गर्ने तयारी गरेको छ।
विज्ञहरुले कोरोनाको तेस्रो झट्काले विकासोन्मुख देशमा असर गर्ने चेतावनी दिएपछि सरकारले उक्त जोखिमलाई मध्यनजर गर्दै आंशिक लक डाउनको विषयमा छलफल अघि बढाएको हो।
आंशिक लक डाउनका विषयमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पाखरेलले आज बिहान प्रधानमन्त्री केपी ओलीसँग छलफल गरेका थिए। ओलीसँग छलफल भए लगत्तै केहीबेरमा उक्त समितिको बैठक डाकिएको छ भने अहिले ६ बजे प्रधानमन्त्री ओलीले सम्वोधन गर्ने कार्यक्रम तय भएको छ।
स्रोतका अनुसार मानिसहरुको आवतजावत काम गर्न सरकारले सार्वजनिक यातयात बन्द गराउने विषयमा छलफल अघि बढाएको छ। स्कुल, कलेज, सिनेमा हललगायत मानिस जम्मा हुने सबै क्षेत्र सरकारले यसअघि नै बन्द गरिसकेको छ। अहिले सार्वजनिक यातयातमा मानिसको भीडबाट पनि कोरोनाको संक्रमण हुन सक्ने भन्दै रोक लगाने विषयमा छलफल भइरहेको स्रोतको दावी छ।
त्यस्तै सरकारले अत्यावश्यक बाहेकका सरकारी कार्यालमा कर्मचारीहरुलाई बिदा दिने तयारी गरेको छ। छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण बढ्न थालेपछि भारतसँग सबै नाका मानिस आवतजावतका लागि बन्द गर्ने पनि सरकारको तयारी छ। तर मालवाहक सवारी साधानलाई भने नियमित राख्ने सरकारको तयारी छ।
हिजो मात्रै विश्व स्वास्थ्य संगठनका विज्ञहरुले कोरोना भाइरसको प्रभावको अन्तिम चरणमा विश्वका सबै भन्दा कमजोर मुलुकका मानिसहरु पर्न सक्ने चेतावनी दिएका थिए।











