Kathmandu Press

निलम्बित सचिव पाण्डेको निवेदनमाथि अरु मुद्दासँगै सुनुवाई हुने

सोमबार सर्वोच्चका न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले पाण्डेको वन्दीप्रत्यक्षीकरण रिटलाई अरुसँगै लगाउमा एकसाथ राख्न आदेश दिएको छ।
निलम्बित सचिव पाण्डेको निवेदनमाथि अरु मुद्दासँगै सुनुवाई हुने

काठमाडौं, चैत ५ : नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा संलग्नताको आरोपमा मुद्दा चलाइएका निलम्बित सचिव टेकनारायण पाण्डेले तल्लो अदालतको आदेशविरुद्ध दिएको निवेदनलाई सोही प्रकृतिका अरु मुद्दासँगै एकसाथ सुनुवाई गरिने भएको छ।

तल्लो अदालतले थुनामा राख्न गरेको आदेश खारेज गरी थुनामुक्त गर्न माग राखेर पाण्डे सर्वोच्च अदालत पुगेका थिए।

Hardik ivf

सोमबार सर्वोच्चका न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले पाण्डेको वन्दीप्रत्यक्षीकरण रिटलाई अरुसँगै लगाउमा एकसाथ राख्न आदेश दिएको छ।

पाण्डे हाल भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन्। पाण्डैसँगै जोडिएका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलगायत अन्य व्यक्तिको मुद्दा पनि सर्वोच्च अदालतमा विचाराधीन छ । अब सर्वोच्चले पाण्डेको निवेदनमा पनि एकसाथ सुनुवाई गरी टुंगो लगाउने छ।

प्रकाशित मिति: १८:१६ बजे, सोमबार, चैत ५, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्