उपनिर्वाचनका लागि प्रतिनिधिसभामा २० र प्रदेशमा १९ दल दर्ता
उपनिर्वाचनका लागि प्रदेशतर्फ १९ र प्रतिनिधिसभातर्फ २० वटा राजनीतिक दल निर्वाचन आयोगमा दर्ता भएका छन्।
काठमाडौं, चैत ५ : उपनिर्वाचनका लागि प्रदेशतर्फ १९ र प्रतिनिधिसभातर्फ २० वटा राजनीतिक दल निर्वाचन आयोगमा दर्ता भएका छन्।
निर्वाचन आयोगले सोमबार विज्ञप्ति जारी गर्दै दल दर्ताको निर्णयबारे जानकारी दिएको हो।
आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा(माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) लगायतका दलले दर्ताको लागि आयोगमा निवेदन दिएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभामा मात्रै उमेदवारी दिने भएका कारण प्रदेशतर्फ १९ निवेदन मात्र परेको हो । इलाम–२ र बझाङ–१ ‘क’ मा वैशाख १५ गते उपनिर्वाचन हुँदैछ।
प्रकाशित मिति: १८:१२ बजे, सोमबार, चैत ५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












