महरालाई चार दिन थुनामा राख्न अनुमति
सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि थुनामा राख्ने प्रयोजनका लागि महरालाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको थियो।
काठमाडौं, चैत ५ : सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई अदालतले सोमबार ४ दिन थुनामा राख्न अनुमति दिएको छ।
सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि थुनामा राख्ने प्रयोजनका लागि महरालाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको थियो।
सरकारी वकीलले भने ७ दिन थुना अनुमतीका लागि समय माग गरेको थियो। पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन तश्करी छानविन आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो।
उनी सोमबार बिहान कपिलवस्तुबाट पक्राउ परेका थिए । महराको भेपमार्फत सुन तस्करीमा संलग्न चिनियाँ नागरिक दावाजिन वाङसँग निकट सम्बन्ध देखिएपछि सिआइवीले छानविन अघि बढाएको छ।
प्रकाशित मिति: १८:०८ बजे, सोमबार, चैत ५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












