बुटवलमा बन्द रहेको धागो उद्योग अस्थायी अस्पताल बन्दै
बुटवल, चैत ७ : बुटवलको रामनगरस्थित औद्योगिक क्षेत्रमा बन्द रहेको धागो उद्योग अब अस्पताल बन्ने भएको छ। कोरोना भाइरस संक्रमित बिरामीलाई लक्षित गरी २४ घण....

बुटवल, चैत ७ : बुटवलको रामनगरस्थित औद्योगिक क्षेत्रमा बन्द रहेको धागो उद्योग अब अस्पताल बन्ने भएको छ। कोरोना भाइरस संक्रमित बिरामीलाई लक्षित गरी २४ घण्टाभित्र सञ्चालनमा आउने गरी एक सय बेडको अस्पताल बनाउन लागिएको हो।
लुम्बिनी प्रादेशिक अस्पतालको प्राविधिक सहयोगमा निर्माण भइरहेको अस्पतालको लागि आवश्यक बेड निजी अस्पतालहरुले उपलब्ध गराउने भएको छ।
बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीको लागि एक सय थान सुरक्षित एप्रोन काठमाडौंबाट मगाइएको बुटवल उपमहानगरपालिकाले जनाएको छ। अस्पताल बन्ने परिसरमा अहिले सरसफाइ, रंगरोगन र पूर्वाधार निर्माणका कामहरु भइरहेका छन्।
कारखाना परिसरमा भएका ३० वटा अस्थायी शौचालय निर्माण व्यवसायी संघ रुपन्देहीले निर्माण गर्ने भएको छ।











