पूर्वउपराष्ट्रपतिका सल्लाहकार गुरुङ १५ लाख धरौटीमा छुटे
गुरुङलाई सोमबार जिल्ला अदालत काठमाडौंले १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।
काठमाडौं, चैत ५ : सुन तस्करीमा मुछिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकार जीवन गुरुङ अदालतबाट धरौटीमा छुटेका छन्।
गुरुङलाई सोमबार जिल्ला अदालत काठमाडौंले १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो। उनलाई सीआईबीले फागुन १४ गते पक्राउ गरेको थियो। गुरुङ प्लाटिनम कलेजका सञ्चालकसमेत हुन्।
सुन तश्करी छानविन गठित पूर्व न्यायाधीश डिल्लिराज आचार्य नेतृत्वको आयोगले गुरुङलाई सुन तश्करीका योजनाकारका रुपमा कारबाही गर्न सिफारिस गरेको छ ।
प्रकाशित मिति: १६:५४ बजे, सोमबार, चैत ५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












