७ दिन थुना म्याद माग गर्दै महरालाई अदालत लगियो
जिल्ला सरकारी वकीलको कार्यालय, काठमाडौंले महरालाई सुन तश्करी प्रकरणमा अनुसन्धानका ७ दिन थुनाको माग राखेर अदालतमा उपस्थित गराइएको हो।
काठमाडौं, चैत ५ : सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई जिल्ल अदालत लगिएको छ।
जिल्ला सरकारी वकीलको कार्यालय, काठमाडौंले महरालाई सुन तश्करी प्रकरणमा अनुसन्धानका ७ दिन थुनाको माग राखेर अदालतमा उपस्थित गराइएको हो।
पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन छानविन आयोगले महरामाथि मुद्दा चलाउन सिफारिस गरेपछि प्रहरीले पक्राउ गरेको थियो।
महराको भेपमार्फत सुन तस्करीका नाइके भनेर चिनिएका चिनियाँ नागरिक दावाजिन वाङसँग निकट सम्बन्ध देखिएपछि पक्राउ गरी छानविनको दायरामा ल्याइएको हो। महरामाथि विस्तृत अनुसन्धान गर्न थुना अनुमती माग गर्दै सीआईबीले अदालतमा उपस्थित गराएको हो।
प्रकाशित मिति: १६:४४ बजे, सोमबार, चैत ५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












