Kathmandu Press

यस्ता छन् महरामाथि लागेका संगीन आरोप  

महरालाई कपिलवस्तुबाट पक्राउ गरी सोमबार काठमाडौं ल्याइएको थियो। 
यस्ता छन् महरामाथि लागेका संगीन आरोप  

काठमाडौं, चैत ५ : पूर्वसभामुख एवम् माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बयान लिन शुरु गरेको छ। महरालाई कपिलवस्तुबाट पक्राउ गरी सोमबार काठमाडौं ल्याइएको थियो। 

महरालाई थुना अनुमतिका लागि अदालतबाट म्याद थप गर्ने तयारी भइरहेको छ। पूर्वन्यायधीश डिल्लीराज आचार्य संयोजक रहेको सुन तस्करी सम्बन्धी जाचँबुझ आयोगले विद्युतीय चुरोट भेपमा राखि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ९ किलो सुन तस्करी गरेको आरोप महरामाथि लगाएको छ।

Hardik ivf

उक्त आयोगले महरामाथि थप अनुसन्धान र मुद्दा चलाउन समेत सिफारिस गरेको छ। महराले सुन राखिएको भेप छुटाउन भन्सार अधिकारीहरूलाई दबाव दिएको तथ्य समेत भेटिएको थियो।

आयोगको छानबिन अघि पनि सुन तस्कर भनिएका चिनियाँ नागरिक दावा छिरिङ लगायतसँग बारम्बार टेलिफोन संवाद गरेको तथ्य उजागर भएको थियो। दाबा छिरिङसँग २५६ टेलिफोन संवाद गरेको अडियो रेकर्ड बाहिरिएको थियो। दावा छिरिङ हाल पुर्पक्षका लागि थुनामा छन्।

दावाकै लगानी गरेको भनिएको भियाना होटलको सवारीसाधन महराकै निर्देशनमा तत्कालीन उपराष्ट्रपति नन्दकिशोर पुनका वैदेशिक मामिला सल्लाहकार जीवनकुमार गुरुङको नाममा दर्ता गरेर चढेको आयोगको छानविनबाट खुलेको छ।

सुन तस्करीमा दावासँगै दीपेश पुन, जितेन्द्र पुन, महरा र गुरुङको मिलेमतो रहेको आशंका गरिएको छ। 
१३८ किलो सुन तस्करी प्रकरणमा गुरुङविरुद्ध जिल्ला अदालत काठमाडौंमा विमानस्थल भन्सार कार्यालयले मुद्दा दायर गरिसकेको छ।

सुन तस्करीमा गोरखाका चन्द्र घले प्रक्राउ प्रकरणमा समेत गुरुङ मुख्य योजनाकार रहेको तथ्य प्रहरी अनुसन्धानबाट उजागर भएको थियो। उनकै संलग्नमा एक बर्षभित्र वर्षभित्र १३८ किलो सुन तस्करी गरिएको भन्सार विभागको दाबी छ।

सीआईबीले आफ्नो प्रतिवेदनमा आठ करोड ५५ लाख रुपैयाँको सुन तस्करी तथा बेचबिखनमा महरा र उनका छोरा राहुल संलग्न भएको निश्कर्ष निकाले पनि मुद्दा भने चलाइएन। 
 

प्रकाशित मिति: १६:२० बजे, सोमबार, चैत ५, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्