Kathmandu Press

‘सुन तस्करी प्रकरणमा दोषी देखिएकाहरू जुनसुकै पदमा भए पनि कारबाही गर्नुपर्छ’

सोमबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै महतले सार्वजनिक पद धारण गरेका व्यक्तिहरुमाथि अनुसन्धान गर्दा दोषी देखिए कारबाही गर्नुपर्ने बताएका हुन्।
‘सुन तस्करी प्रकरणमा दोषी देखिएकाहरू जुनसुकै पदमा भए पनि कारबाही गर्नुपर्छ’

काठमाडाैं, चैत ५ : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सुन तस्करी प्रकरणमा दोषी देखिए जस्तोसुकै पदमा पुगेका व्यक्तिलाई पनि कारवाही गर्नुपर्ने बताएका छन्।

सोमबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै महतले सार्वजनिक पद धारण गरेका व्यक्तिहरुमाथि अनुसन्धान गर्दा दोषी देखिए कारबाही गर्नुपर्ने बताएका हुन्।

Hardik ivf

सुन तस्करी प्रकरणमा अनुसन्धान गरिरहेको अवस्थामा अहिले नै अनुसन्धान गर्ने निकायलाई अविश्वास गर्न नमिल्ने उनको भनाइ छ। सुशासन र भ्रष्टाचारमुक्त समाजको पक्षमा आफूहरु रहेको भन्दै उच्च मर्यादामा पुगेका व्यक्तिहरुले त्यसलाई पालना गर्नुपर्ने उनको भनाइ छ।

त्यस्तै महतले कांग्रेसले कसैलाई प्रधानमन्त्रीको अफर नगरेको र अफर गरेको भन्नेलाई प्रमाण देखाउन चूनौति दिए। उनले सरकारका मन्त्रीका रुपमा रहेका व्यक्तिहरु उपर लागेका आरोपहरुको अनुसन्धान गर्दा प्रभावित हुने विषयलाई कांग्रेसले संसदमा उठाएको भन्दै यसलाई स्वभाविक रुपमा लिनुपर्ने धारणा राखे। 

प्रकाशित मिति: १६:०९ बजे, सोमबार, चैत ५, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्