एनआरएनए उपमहासचिव प्रविन गुरुङलाई राष्ट्रसंघको विशेष सम्मान
राष्ट्र संघ मुख्यालय न्यूयोर्कमा आयोजित एक समारोहमा उपमहासचिव गुरुङलाई लैंगिक समानता र समाजिक शसक्तिकरणमा उल्लेख्य योगदान दिएबापत सम्मान गरिएको हो।
काठमाडाैं, चैत ५ : गैरआवासीय नेपाली संघ (एनआरएनए)का उपमहासचिव प्रविन गुरुङ संयुक्त राष्ट्र संघमा समाजमा विशेष योगदान दिए बापत सम्मानित भएका छन्।
शुक्रवार राष्ट्र संघ मुख्यालय न्यूयोर्कमा आयोजित एक समारोहमा उपमहासचिव गुरुङलाई लैंगिक समानता र समाजिक शसक्तिकरणमा उल्लेख्य योगदान दिएबापत सम्मान गरिएको हो।
राष्ट्र संघको कमिसन अन द स्टाटस अफ वुमनको ६८औं सेसनमा उनलाई गैर आवासीय नेपाली संघमार्फत दिएको योगदानको कदर गर्दै सम्मान गरिएको हो।
गैरआवासीय नेपाली संघको इतिहासमा युएन कमिसनबाट सम्मानित हुने गुरुङ संभवत पहिलो पदाधिकारी हुन्। उनले युएनबाट पाएको सम्मानले एनआरएनएहरुमा उत्साह थपिएको छ।

गुरुङले उक्त सम्मानले आफूलाइ थप सामाजिक कार्यमा उत्साह जागेको बताएका छन । ‘यो सम्मान समस्त गैर आवसीय नेपालीहरुको सम्मान हो’ सम्मान ग्रहण पछि गुरुङले खुशी साटे।
गुरुङले आप्रवासी महिला कामदारहरुले भोग्नुपरेका समस्या र लैगिंक असमानताको चर्चा गर्दै एनआरएनए मार्फत धेरै जनचेतनामुलक कार्यक्रम गरिदै आएको बताए।
उनले एनआरएनएले युएनसंगको सहकार्यमा कोरोनाकालमा गरेका कामहरुको स्मरण गर्दै आगामी दिन थप सहकार्यको लागि आग्रह गरे।
सर्वाधिक मत ल्याएर एनआरएनए उपमहासचिवमा विजयी भएका गुरुङको सामाजिक यात्रा लामो छ।
गुरूङले महाभूकम्प, हावाहुरी, बाढीपहिरो, कोभिड–१९ लगायत दैवी विपत्तिको समयमा स्वयं उपस्थित भई गैरआवासीय नेपाली संघको नेतृत्व गर्दै अस्थायी तथा स्थायी वासस्थान, खाद्यान्न, स्वास्थ्य सामग्रीलगायत विभिन्न राहत सामग्री वितरण लगाएतका दर्जनौ सामाजिक कार्य गर्दै आइरहेका छन्।
गुरुङले एनआरएनएले सुरूवात गरेको लाप्राक बस्तीमा ५७३ भवनसहितको स्थायी वासस्थान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। यस्तै, बारा–पर्सालगायतका जिल्लामा हावाहुरीका कारण घरवारविहीन भएकालाई मध्यपूर्व र मलेसियाको संयुक्त नेतृत्वमा आफै उपस्थित भएर ३०० घरधुरीलाई अस्थायी बसोवास, खाद्यान्न, स्वास्थ्य सामग्रीको व्यवस्था गरेका थि ।
उनले नेपाली कला र संस्कृतिलाई जगेर्ना, प्रवर्दन गर्ने उद्देश्यले कतारको दोहामा रहेकोे पाँचतारे होटलमा नेपाली लोक दोहोरी, गजलसहितको अन्तर्राष्ट्रिय रेष्टुरेन्ट सञ्चालन गरेका छन्।
उनले अहिले अरबी, युरोपियन लगायत फरक–फरक इन्टरनेशनल स्तरका रेष्टुरेन्टहरु समेत विस्तार गरिसकेका छन । यसबाहेक कन्स्ट्रक्सन, हस्पिटालिटी, रियल स्टेट,हाईड्रो लगायत विभिन्न व्यवसायमा पनि उनी संलग्न छन्।












-1755255383.jpg)