Kathmandu Press

दुर्गा प्रसाईंका सुरक्षा गार्ड सर्वोच्च अदालत परिसरबाट हतियारसहित पक्राउ

पक्राउ परेका व्यक्ति झापाको बुद्धशान्ति गाउँपालिका-३ का दीपक खड्का रहेकाे जनाइएकाे छ। 
दुर्गा प्रसाईंका सुरक्षा गार्ड सर्वोच्च अदालत परिसरबाट हतियारसहित पक्राउ

काठमाडौं, चैत ५ :  सर्वोच्च अदालत परिसरमा आज दिउँसो हतियारसहित प्रवेश गरेका एक व्यक्ति पक्राउ परेका छन्।

पक्राउ परेका व्यक्ति झापाको बुद्धशान्ति गाउँपालिका-३ का दीपक खड्का रहेकाे जनाइएकाे छ। उनी दुर्गा प्रसाईंको सुरक्षा गार्डका रुपमा काम गर्दै आएका व्यक्ति रहेकाे प्रहरीकाे भनाइ छ।

Hardik ivf

आज सर्वोच्च अदालतमा दुर्गा प्रसाईंसँग सम्बन्धित मुद्दामा सुनुवाइ भइरहेको छ। खड्काको साथबाट एउटा बन्दुक पनि बरामद भएकाे छ। 

सर्वोच्च अदालतमा कार्यरत प्रहरीले उनलाई पक्राउ गरेर उकाठमाडौँ प्रहरी परिसरसमक्ष बुझाएको छ।

प्रकाशित मिति: १५:२३ बजे, सोमबार, चैत ५, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्