Kathmandu Press

आगामी माघमा पार्टीको महाधिवेशन गर्ने नेसपाकाे तयारी

महाधिवेशनका लागि आयोजक कमिटी बनाउने र हालका सवै कमिटीलाई आयोजक समितिमा रुपान्तरण गरिने उनले बताए।
आगामी माघमा पार्टीको महाधिवेशन गर्ने नेसपाकाे तयारी

काठमाडाैं, चैत ५ : नेपाल समाजवादी पार्टी (नेसपा) ले आगामी माघमा पार्टीको महाधिवेशन गर्ने तयारी गरेको छ।

सोमबार काठमाडौंमा सुरु नेसपाको केन्द्रीय समितिको बैठकमा पार्टी अध्यक्ष डा बाबुराम भट्टराईले २०८१ साल माघमा पार्टीको महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन्।

Hardik ivf

महाधिवेशनका लागि आयोजक कमिटी बनाउने र हालका सवै कमिटीलाई आयोजक समितिमा रुपान्तरण गरिने उनले बताए।

महाधिवेशन अघि पार्टी संगठन विस्तार निर्माण अभियानलाई निरन्तरता भट्टराईले बताउनुभयो। उहाले चैत्र देखि भाद्रसम्मको समय पार्टी निर्माण र विस्तार अभियान चलाउने जानकारी दिनुए।

बैठकमा अध्यक्ष महिन्द्र राय यादव पक्षधर नेताहरूलाई जिम्मेवारी मुक्त गर्ने लगायत एजेन्डाका बारेमा समेत छलफल भइरहेको नेसपाले जनाएको छ। 

 

प्रकाशित मिति: १५:०९ बजे, सोमबार, चैत ५, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्