मञ्जु शर्मा अन्सारीको निधनमा शोक प्रस्ताव पारित
सोमबार बसेको बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले अन्सारीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रस्ताव प्रस्तुत गरे।
काठमाडाैं, चैत ५ : राष्ट्रियसभाको बैठकले प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारीको निधनमा शोक प्रस्ताव पारित गरेको छ।
सोमबार बसेको बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले अन्सारीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रस्ताव प्रस्तुत गरे।
अध्यक्ष दाहालले प्रस्तुत गर्नुभएको उक्त प्रस्ताव बैठकले सर्वसम्मतरुपमा पारित गरेको थियो। बैठकमा दिवङ्गत सांसद अन्सारीप्रति एक मिनेट मौनधारणा गरिएको थियो।
अन्सारी जनता समाजवादी पार्टी (जसपा) नेपालबाट विसं २०७९ को प्रतिनिधिसभामा समानुपातिक सदस्यका रुपमा निर्वाचित हुनुभएको थियो। उहाँको उपचारका क्रममा आइतबार निधन भएको थियो। राष्ट्रियसभाको अर्काे बैठक चैत ७ गते बोलाइएको छ।
प्रकाशित मिति: १५:०५ बजे, सोमबार, चैत ५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार