मन्त्री बस्नेतद्वारा आइएसएको स्थापनासँग सम्बन्धित सम्झौता संसदमा पेस
संसदमा सम्झौता पेश गर्दै उर्जामन्त्री बस्नेतले, यसबाट नेपाललाई पनि फाइदा पुग्ने भएकाले नेपालले हस्ताक्षर समेत गरिसकेको जानकारी दिए।
काठमाडौं, चैत ५ : अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए)को स्थापनासँग सम्बन्धित सम्झौता संसद्मा पेस भएको छ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले उक्त सम्झौता संसद्मा पेस गरेका हुन्।
संसदमा सम्झौता पेश गर्दै उर्जामन्त्री बस्नेतले, यसबाट नेपाललाई पनि फाइदा पुग्ने भएकाले नेपालले हस्ताक्षर समेत गरिसकेको जानकारी दिए।
उनले भने,‘सौर्य उर्जा प्रविधिहरुको प्रयोगगरी सदस्य राष्ट्रहरुमा उर्जा पहुँच बढाउन, उर्जा सुरक्षा सुनिश्चित गर्न, उर्जाको विकासलाई निर्देशित गर्न र जलवायु परिवर्तनको कम गर्न भारत र फ्रान्सको संयुक्त प्रयासको रुपमा स्थापित आईएसएसँग सम्बन्धि करार सम्झौता भएको र यसबाट नेपाललाई पनि फाइदा पुग्ने भएकाले नेपालले हस्ताक्षर समेत गरिसकेकाले यसको अनुमोदन गर्न संसदमा पेश गर्दछु।’
प्रकाशित मिति: १४:३८ बजे, सोमबार, चैत ५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












