प्रमुख प्रशासकीय अधिकृत र इन्जिनियरमाथि भ्रष्टाचारको अभियोग
श्री आधारभूत विद्यालयका भवन निर्माणमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। भवन निर्माण मापदण्ड, गुणस्तर र इष्टिमेट विपरीत देखिएको छ।
काठमाडौं, चैत ५ : रौतहटको ईशनाथ नगरपालिका–५ मा विद्यालयको दुई कोठे पक्की भवन निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत किशोर गुप्तासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
श्री आधारभूत विद्यालयका भवन निर्माणमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। भवन निर्माण मापदण्ड, गुणस्तर र इष्टिमेट विपरीत देखिएको छ। नगरपालिका तत्कालीन इन्जिनियर सत्यपाल सौरभ समेत भ्रष्टाचारमा मुछिएका छन्।
प्रमुख प्रशासकीय अधिकृत गुप्ताले अन्तिम भुक्तानीका लागि प्राविधिकबाट तयार गरिएको नापी किताब र कार्य सम्पन्न प्रतिवेदनमा १४ लाख ३५ हजार ९ सय कार्य बराबरको रकम खर्च भएको देखिएपनि दुई लाख ३५ हजार ८ सय ९५ रुपैयाँ बढी भुक्तानी गरेको दाबी अख्तियारको छ।
अख्तियारको अनुसन्धानबाट विद्यालयका तत्कालीन प्रधानाध्यापक मुहमद समिम अख्तरले १३ लाख ५३ हजार ५० रुपैयाँ खर्च देखाउनुपर्नेमा तीन लाख तीन हजार ७ सय ९७ रुपैयाँ ३७ पैसा बढी खर्च लेखेको तथ्य फेला परेको छ। आयोगले इन्जिनियर सौभरले ८६ हजार ६ सय ४७ रुपैयाँ ६३ पैसा भ्रष्टाचार गरेको दाबीसहित भ्रष्टाचामा कारबाहीको मागदाबी लिइएको छ।












