Kathmandu Press

प्रदेश प्रमुख भण्डारीले गरिन पदभार ग्रहण

प्रदेश प्रमुख भण्डारीले गरिन पदभार ग्रहण

काठमाडौं, चैत ५ : मधेस प्रदेशको नवनियुक्त प्रदेश प्रमुख सुमित्रा भण्डारीले पदभार ग्रहण गरेकी छन्। 

मधेस प्रदेशको प्रदेश प्रमुखको रुपमा गत बुधबार शपथ ग्रहण गरेकी नवनियुक्त प्रदेश प्रमुख भण्डारीले पदभार ग्रहण गरेकी हुन्। 

Hardik ivf

सोमबार मात्रै जनकपुरधाम आईपुगेकी प्रदेश प्रमुख भण्डारी पदभार ग्रहण गरेपछि प्रदेश प्रमुखको कार्यभार वहन गर्न सबैको साथ र समन्वय रह्ने विश्वास व्यक्त गरिन्। 

उनले प्रदेश प्रमुखको कार्यभार वहन गर्दा नेपालको संविधान तथा कानूनको परिधिभित्र रहेर काम गर्ने र यसमा सबैको साथ रहने अपेक्षा व्यक्त गरिन्। 

यसअघि नेपाल सरकारले कांग्रेस नजिकका प्रदेश प्रमुखहरुलाई पदबाट बर्खास्त गर्दा मधेस प्रदेशको प्रदेश प्रमुख पदबाट हरिशंकर मिश्र बर्खास्तीमा परेका थिए।

उनको बर्खास्तीसँगै भण्डारीलाई मधेसको प्रदेश प्रमुख पदमा नियुक्त गरिएको थियो।
 

प्रकाशित मिति: १४:२० बजे, सोमबार, चैत ५, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्