‘सहकारी आन्दोलनको संरक्षण गर्न तत्काल अधिकार सम्पन्न छानबिन आयोग बनाऔं’
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सहकारीको रकम अपचलन भएको भनी उठेका विषयहरुको कारण खोजी गर्न सरकारले अधिकारसम्पन्न आयोग बनाएर अनुसन्धान गर्नुपर्ने सुझाव दिए।काठमाडौं, चैत ५ : नेकपा एमालेका सांसद ऋषिकेश पोखरेलले सरकारले सहकारी आन्दोलनको संरक्षण गर्नुपर्नेमा जाेड दिएका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सहकारीको रकम अपचलन भएको भनी उठेका विषयहरुको कारण खोजी गर्न सरकारले अधिकारसम्पन्न आयोग बनाएर अनुसन्धान गर्नुपर्ने सुझाव दिए। ‘सहकारी आन्दोलनलाई संरक्षण गर्न सरकारले तत्काल अधिकार सम्पन्न छानबिन आयोग बनाउनुपर्छ,’ उनले भने।
उनले कुन सामाजिक सहकारी हो र कुन दैनिक रकम संकलन गर्ने सहकारी हो भनेर छुट्याउनुपर्ने सुझावसमेत दिए। ‘सम्पतिको स्रोत प्रमणित गरौं । यी दोस्रो खाले सहकारीले जम्मा गरेको सम्पतिको स्रोत के हो भन्ने कुराको प्रमणित गर्न लगाऔं,’ उनले भने। सहकारीका ऋणीहरूबारे पनि अध्ययन गर्नुपर्ने प्रस्ताव उनले राखे।
ऋण फर्काउनैपर्ने बाध्यकारी बनाउने र सरोकारवालाहरुसँग छलफल गरेर प्रचलित कानुनमा आवश्यकतामा आधारमा संशोधन गरे सहकारीका समस्या समाधान गर्न सकिने दाबी उनले गरे।












