संविधानको परिधिमा रहेर काम गर्ने समिति सभापति शेर्पाकाे प्रतिबद्धता
एमालेका सांसद रहेका शेर्पाले आज सर्वसम्मत निर्वाचत भएलगत्तै शपथ ग्रहण गरी पदभार सम्हाल्ने क्रममा ‘मिनी सदन’का रुपमा रहेको समितिमा रहेर आवश्यक कानुन निर्माण र सहजीकरणका लागि काम गर्ने बताए।
काठमाडौं, चैत ५ : राष्ट्रियसभा अन्तर्गत सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापतिमा निर्वाचित सोनाम ग्याल्जेङ शेर्पाले संविधानको परिधिमा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
एमालेका सांसद रहेका शेर्पाले आज सर्वसम्मत निर्वाचत भएलगत्तै शपथ ग्रहण गरी पदभार सम्हाल्ने क्रममा ‘मिनी सदन’का रुपमा रहेको समितिमा रहेर आवश्यक कानुन निर्माण र सहजीकरणका लागि काम गर्ने बताए।
उनले समितिको फराकिलो कार्यक्षेत्रको दायरालाई घटाएर संघीयता कार्यान्वयन र सवलीकरणका लागि आफ्नो कार्यकालमा काम गर्ने बताए। ‘हामी समितिमा धेरै विषयलाई समेट्ने भन्दा पनि रिजन बेसमा काम गछौं ’ शेर्पाले भने ।
शेर्पालाई राष्ट्रियसभामा अध्यक्ष नारायणप्रसाद दाहालले पद तथा गोपनीयताको शपथ गराए। शपथलगत्तै सभापति शेर्पाले पद बहाली गरेका हुन्। उक्त समितिको सभापतिको कार्यकाल दुई वर्षको हुनेछ।