दीपक मनाङेलाई समेत समेटेर गण्डकी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन
नेकपा एकीकृत समाजवादी त्यागेर आफूलाई स्वतन्त्र भन्ने गरेका मनाङेलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ। कृ
पोखरा, चैत ५ : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीव गुरुङ (दीपक मनाङे) लाई समेत समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्।
नेकपा एकीकृत समाजवादी त्यागेर आफूलाई स्वतन्त्रकाे हैसियतमा उभ्याएका मनाङेलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ। स्वतन्त्र रुपमा उम्मेदवारी दिएर सांसद बनेर नेकपा एकीकृत समाजवादी प्रवेश गरेका मनाङेले स्वतन्त्र सांसद बनाउन आइतबार मात्र प्रदेश सभा सचिवालयमा निवेदन दिएका थिए।
कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ।
नवनियुक्त मन्त्रीको शपथ आज दिउँसो साढे ३ बजेका लागि ताेकिएको छ। यसअघि केन्द्रीय सत्ता समीकरण बदलिएसँगै फागुन २२ गते मुख्यमन्त्री पाण्डेले भौतिक पूर्वाधारमा माओवादीका रेशमबहादुर जुग्जाली र सामाजिकमा सुशीला सिम्खडालाई बर्खास्त गरेका थिए।












