‘सहिदहरुलाई १० लाख रुपैयाँ दिनु ब्रह्मलुट भएन र ?’
सोमबार प्रतिनिधि सभाको बैठकमा उनले नयाँ सहिदलाई दिने रकम देश निर्माण गर्ने निमार्णकर्ताहरुको बाँकी रकम भुक्तानी गर्न प्रयोग गर्नुपर्ने भन्दै यसरी ब्रम्हलुट गर्न नपाइने बताए।
काठमाडौं, चैत ५ : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दिपक सिंहले सहिदहरुलाई १० लाख रुपैंयाँ र अन्य सुविधा दिएर ब्रम्हलुट गर्न नपाइने बताएका छन्।
सोमबार प्रतिनिधि सभाको बैठकमा उनले नयाँ सहिदलाई दिने रकम देश निर्माण गर्ने निमार्णकर्ताहरुको बाँकी रकम भुक्तानी गर्न प्रयोग गर्नुपर्ने भन्दै यसरी ब्रम्हलुट गर्न नपाइने बताए।
उनले भने, ‘यसअघिको सरकारले नयाँ सहिद २ हजार ६०१ जनालाई घोषणा गर्यो। १०/१० लाख दिने भन्ने निर्णय गर्यो। यस्तो कति दिनसम्म चल्छ ? त्यो पैसा त्यहा दिनुभन्दा देशको निमार्ण गर्ने निर्माणकर्ताहरुको बाँकी भुक्तानीमा लगाएको खण्डमा निर्माणकर्ताहरु बाँच्छन्। सहिदहरु १० लाख र अन्य कुरा दिएर ब्रम्हलुट गर्न पाइँदैन्।’
प्रकाशित मिति: १३:०३ बजे, सोमबार, चैत ५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार